स्वस्थ्य भएँ , अब संविधान निर्माणमा खट्छु : खनाल

काठमाण्डु टुडे २०७१ कार्तिक २९ गते ८:५३ मा प्रकाशित

Khanal Returnsकाठमाण्डु, २९ कात्तिक – गत महिना उपचारका लागि अमेरिका गएका एमाले वरिष्ठ नेता झलनाथ खनाल स्वस्थ भई आज स्वदेश फर्केका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आफूले नयाँ जीवन प्राप्त गरेर आएको र बाँकी जीवन मुलुकको दिगो शान्ति र नयाँ संविधान निर्माण कार्यमा समर्पित गर्ने बताए ।

उनले तोकिएको समयमा संविधान जारी गर्ने विषयमा सबै दलहरु लचिलो हुनुपर्नेमा पनि जोड दिए ।

नेता खनाल अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोरस्थित जोन हप्किन्स अस्पतालमा पिसाब नलीमा देखिएको समस्याको उपचारपछि स्वस्थ भई फर्केका हुन् ।

उनी गत असोज १० गते अमेरिका गएका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us