विराटनगर, २९ कात्तिक – अवैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको सुपारी, लसुन एवम् रिक्सा प्रहरीले शनिबार झापाको मेची नगरपालिकाबाट नियन्त्रणमा लिएको छ ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार प्रहरीको गस्ती टोलीले बिहान झापाको मेची नगरपालिका–१० नाका हुँदै भारततर्फ लैजाँदै गरेको चार सय केजी सुपारी, ९० केजी लसुनसहित एक थान रिक्सा तथा भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको ज्याकेट, कुर्तासुरुवाल, सिरानीको खोल र स्टिलका भाँडाहरु नियन्त्रणमा लिएको हो ।
बरामद सामानहरु आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको छ । रासस