वैद्यको निष्कर्ष ‘विप्लव पार्टीबाट अलग हुने दिशामा’

काठमाण्डु टुडे २०७१ कार्तिक २९ गते ८:२२ मा प्रकाशित

mohanकाठमाण्डु, २९ कात्तिक– नेकपा–माओवादीको संस्थापन पक्षले सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पार्टीबाट अलग हुन खोजेको बताएको छ ।
विप्लवले पार्टीको निर्देशनविपरीत कपिलवस्तुमा छुट्टै भेला गरी पार्टी फुटाउने गतिविधि गरेको ठहर संस्थापनको छ । अध्यक्ष मोहन वैद्य निकट अनलाइन झिल्कोले विप्लव वैधानिक रुपमा पार्टीबाट अलग हुन खोजेको लेखेको छ ।

‘केही महिनाअघि मात्र केन्द्रीय समितिको बैठकमा फरक दस्तावेज ल्याए पनि त्यसलाई एउटा प्रक्रियामा लगेर छलफल गर्नुपर्ने कुरामा सहमति जनाउँदै संघर्षको सात महिने कार्ययोजना बनाएर पार्टी एकीकृत रुपमा गइरहेको बेलामा आफ्नो पक्षको मात्र आकस्मिक भेला डाकेर पार्टीबाट अलग हुने प्रस्ताव राखेकोमा धेरैले आश्चर्यका साथ हेरिरहेका छन्’, समाचारमा भनिएको छ, ‘उनको फुटपरस्त गतिविधि भन्दै उनलाई साथ दिदैं आएका धेरैले भेला नै बहिस्कार गरे ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us