माओवादी चन्द पक्षद्वारा केन्द्रीय समिति बैठक बहिस्कार

काठमाण्डु टुडे २०७१ कार्तिक २९ गते ८:०७ मा प्रकाशित

mohan baidhya-netra bikram chandकाठमाण्डु, २९ कात्तिक– सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पक्षले नेकपा–माओवदादीको केन्द्रीय समिति बैठक बहिस्कार गरेको छ ।
पार्टी कार्यालय बुद्धनगरमा जारी बैठक विप्लव समूहले बहिस्कार गरेको हो । पार्टी विवाद समाधानका लागि भन्दै बोलाइएको बैठकमा उनी पक्षधर कोही पनि गएनन् ।

यसअघि सो पक्षले पोलिट्ब्युरो बैठक पनि बहिस्कार गरेको थियो । कार्यदिशामा पार्टी नेतृत्व अलमलिएको भन्दै विप्लवले नै पहिला पोलिट्ब्युरो र पछि केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए ।

कपिलवस्तुमा कात्तिक २६ र २६ गते छुट्टै राष्ट्रिय भेला गरेको विप्लव पक्षले मोहन वैद्य नेतृत्वमा क्रान्ति सम्पन्न हुन नसक्ने निष्कर्ष निकालेको छ ।

शनिबार बिहान बुटवलमा भएको पत्रकार सम्मेलनमा विप्लवले हतियार उठाउने चेतावनी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us