तीन दलीय सिन्डिकेटले संविधान नबन्ने खतरा : थापा

काठमाण्डु टुडे २०७१ कार्तिक २९ गते ७:११ मा प्रकाशित

डडेल्धुरा, २९ कात्तिक – राप्रपा नेपाल अध्यक्ष कमल थापाले तीन दलीय सिन्डीकेटका कारण संविधान नबन्ने खतरा बढेको धारणा राखेका छन् ।

Kamal-Thapa-Raprapa-Nepalसनातन धर्म सापेक्ष मुलुक निर्माणका लागि राप्रपा नेपालले थालेको अभियानका क्रममा डडेल्धुरा पुगेका अध्यक्ष थापाले शनिबार डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।

मुख्य तीन दलले संविधानसभालाई लाचार बनाएका कारण संविधान निर्माण प्रक्रियामा अवरोध सिर्जना भइरहेको अध्यक्ष थापाको दाबी छ । ‘संविधान सभा र जनतालाई बन्धक बनाइएको छ’ थापाले भने , ‘संविधानसभामा प्रक्रियामा जान दिने हो भने संविधान जारी हुन समय लाग्दैन ।’

विवादित विषयहरु संविधानसभाबाटै टुङ्ग्याउनुपर्ने कुरामा जोड दिँदै अध्यक्ष थापाले सहमतिका नाममा सत्ताको मोलमोलाई भइरहेको उल्लेख गरे ।

उनले संविधानसभाका अध्यक्ष सुवास नेम्बाङलाई संविधान सभाको पूर्ण बैठक तत्काल बोलाउन आग्रह गरे । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us