अवैध गर्भ तुहाएको आरोपमा नेपालीलाई एक वर्ष जेल

काठमाण्डु टुडे २०७१ कार्तिक २९ गते ६:१६ मा प्रकाशित

क्वालालम्पुर– कामका लागि मलेसिया आएकी एक नेपाली महिला गर्भ पतन गराएको आरोपमा पक्राउ परेकी छन् ।

२४ वर्षीया निर्मला थापालाई बच्चा मारेको अभियोगमा स्थानीय अदालतले एक वर्षको कैद सजाय सुनाएको छ।

उनको नेपालस्थित ठेगाना गोप्य राखिएको छ । निर्मलामाथि पेनाङ राज्यको तामानसिकुस्थित एक पोलिक्लिनिकमा गर्भ पतन गराएको आरोप लगाइएको छ ।

उनी एक महिनाअघि पक्राउ परेकी थिइन् । निर्मला पक्राउ परेको यहाँस्थित नेपाली दूतावासले पनि पुष्टि गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us