महिलालाई जथाभावी बोल्ने दुई शिक्षकविरुद्ध मुद्धा

काठमाण्डु टुडे २०७१ कार्तिक २९ गते ४:५८ मा प्रकाशित
कञ्चनपुर, २९ कात्तिक– महिला अधिकारर्मीले शुक्रबार दुई शिक्षकविरुद्ध मुद्दा दायर गरेका छन् ।
अधिकारकर्मी महिलालाई गाली बेइज्जती गरेको भन्दै सिद्धनाथ अमर उमाविका शिक्षक नारायण चन्द र डायमन्ड पब्लिक उमाविका प्रअ हिरा चन्दविरुद्ध  जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरिएको हो।
महिला वृद्ध सेवा केन्द्रका अध्यक्ष शारदा चन्दले अमर उमाविका शिक्षक नारायण र डायमन्डका प्रिन्सिपल हिराले कञ्चनपुरका अधिकारकर्मी महिलाको मानमर्यादा र इज्जतमा आघात गर्ने गरी गाली बेइज्जती गरेकाले उनीहरुविरुद्ध मुद्दा दायर गरेको जानकारी दिए। रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us