जंगलबाट बाहिर आएर विप्लवले गरे हतियार उठाउने घोषणा

काठमाण्डु टुडे २०७१ कार्तिक २९ गते ४:५२ मा प्रकाशित

Netra-Bikram-Chandबुटवल, २९ कात्तिक– नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले हतियार उठाने घोषणा गरेका छन् ।

आफू पक्षधर कार्यकर्ताको कपिलवस्तुको शिवगढीमा गत कात्तिक २६ र २७ गते भएको गोप्य भेलाको निर्णय सार्वजनक गर्न शनिबार बुटलवमा भएको पत्रकार सम्मेलनमा विप्लवले सर्वहारा वर्गको राज्यसत्ता स्थापनाका लागि फेरि हतियार उठाउँने बताएका हुन् ।

उनले क्रान्ति पूरा नभएकाले हतियार उठाउनुको विकल्प नभएको उनको भनाइ थियो । यद्यपि उनले हतियार उठाउनु रहर नभई बाध्यता भएको टिप्पणी गरे । शान्तिपूर्ण गतिविधिमार्फत जनदबाब दिने र त्यसमा राज्यले दमन गरे हतियार उठाउनु स्वभाविक भएको तर्क उनले गरे ।

‘सरकारले मात्र हतियार उठाउन पाउने जनताले नपाउने भन्ने हुन्छ र ?’, विप्लवले भने, ‘जनताको जनताको न्यायपूर्ण आन्दोलन दबाउन राज्यले हतियार प्रयोग गरे प्रतिरोधमा उत्रनु जनताको अधिकार हो ।’
उनले आफूमाथि पार्टी फुटाउन लागेको भन्दै आरोपको खण्डन गरे । उनले पार्टीलाई थप एकताबद्ध बनाउने पक्षमा रहेको जिकिर गरे । उनले लामो समयदेखि अलमलिएको नेतृत्वलाई सही दिशामा ल्याउन दबाब दिने उद्देश्उयका साथ छुट्टै भेला गरिएको बताए । उनले आगामी मंसिरभित्र विशेष महाधिवेशन आयोजना गर्न संस्थापनसँग माग गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us