लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन

काठमाण्डु टुडे २०७१ कार्तिक २९ गते २:११ मा प्रकाशित

बुटवल, २९ कात्तिक – शाक्यमुनि सिद्धार्थ गौतमकाे जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु हुँदैछ । सम्मेलनको उद्घाटन राष्ट्रपति डा. रामवरण यादवले गर्ने कार्यक्रम छ । बौद्ध संस्कृति र सम्पदाको सम्वद्र्धन, सुरक्षा र संरक्षण विषयक चार दिने सम्मेलनको क्रममा शुक्रबार बेलुका मायादेवी मन्दिर परिसरमा प्रार्थना र दीप प्रज्वलन गरिएको छ ।

नेपालको थेरवाद बुद्धिस्ट एकेडेमी र म्यानमाको सितगु इन्टरनेसनल बुद्धिष्ट एकेडेमीको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको प्रचार संयोजक नवीन चित्रकारले जानकारी दिए ।

३० देशका ४ सयभन्दा बढी बौद्ध भिक्षु तथा विद्वानको सहभागिता रहने सम्मेलनमा स्वदेशी ४६ तथा विदेशी ४८ बौद्ध भिक्षु तथा विद्वानले ९४ वटा कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us