हेटौंडामा भाइरल ज्वरो र झाडापखालाको प्रकोप

काठमाण्डु टुडे २०७१ कार्तिक २९ गते १:५६ मा प्रकाशित

हेटौंडा, २९ कात्तिक– मौसम परिवर्तनसँगै मकवानपुरका विभिन्न गाविस र हेटौंडा नगरपालिमा भाइरल ज्वरो तथा झाडापखाला रोगको प्रकोप बढेको छ । अहिले हेटौंडा अस्पतालमा दैनिक ३०÷३५ जना भाइरल ज्वरो र झाडापखालाका बिरामीहरु उपचारका लागि आउने गरेका छन् । बिरामीको चिकित्सकको निगरानीमा उपचार भइरहे पनि अस्पतालमा बेडको अभावले थप उपचार गर्न कठिनाइ भएको अस्पतालले जनाएको छ ।

रोगबाट नवजात शिशु, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने गरेको चिकित्सक  हरिबहादुर खड्काले जानकारी दिए । रोग फैलन नदिन जिल्लाका विभिन्न गाविसमा रहेका स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकीमा औषधिसहित स्वास्थ्यकर्मीलाई सतर्क अवस्थामा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सूर्यमणि सुवेदीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us