पारस बैंककमा फेरि पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक २९ गते ५:५८ मा प्रकाशित

Paras-shahकाठमाण्डु, २९ कात्तिक– पूर्वयुवराज पारस शाह थाइल्याण्डमा पुन: पक्राउ परेका छन् ।
पारसलाई थाई प्रहरीले बुधबार फेरि पक्राउ गरेको स्रोतले जनाएको छ । अदालतको तारेख गुजारेको आरोपमा उनी पक्राउ परेका हुन् ।

पारस पक्राउ परेको विषयमा दिल्ली भ्रमणमा रुहेका पूर्वराजा ज्ञानेन्द्र शाहसहित पारिवारिक सदस्यलाई बैंककमा रहेका पारसका नेपाली साथीहरुले जानकारी गराएका छन् ।

बैंककमा रहेका केही नेपालीले पारसलाई हिरासतमा भेटेका छन् । लागुऔषध गाँजासहित पक्राउ परेका पारस केही समयअघि मात्र २०  धरौटी बुझाएर तारेखमा छुटेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us