काँग्रेसको जनसम्पर्क समिति अमेरिकामा भाँडभैलो

काठमाण्डु टुडे २०७१ कार्तिक २८ गते १४:२५ मा प्रकाशित

काठमाण्डु– नेपाली काँग्रेस सम्वद्ध जनसम्पर्क समिति अमेरिकामा भाँडभैलो मच्चिएको छ ।
अधिवेशन मिति नजिकिँदै गर्दा चर्किएको सदस्यता शुल्क विवादले जनसम्पर्क समिति दुई चिरामा विभाजित भएको छ । समितिको महाधिवेशनको मिति आगामी २२ र २३ नेभोम्बरका लागि तय गरिएको छ ।

समिति पूर्वअध्यक्ष सोमनाथ घिमिरेले विज्ञप्ति जारी गर्दै वर्तमान कार्यसमितिले अधिवेशनका नाममा गैरकानुनी रुपमा खाखौं डलर चन्दा उठाएको आरोप लगाएका छन् ।

उनले समिति विशुद्ध गैरनाफामुलक संस्था भन्दै अधिवेशनका नाममा लाखौं डलर उठाएर खानेविरुद्ध अमेरिकी  सरकारको कर कार्यालयमा मुद्दा हाल्ने चेतावनीसमेत दिएका छन् । समितिको संयोजक विष्णु सुवेदी छन् । असन्तुष्ट पक्षले अधिवेशन रोक्न माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us