मुक्त कमैयाका लागि घर बनाउँदै बेलायती नागरिक

काठमाण्डु टुडे २०७१ कार्तिक २७ गते ४:०८ मा प्रकाशित

बर्दिया, २७ कात्तिक– जिल्लाको मुक्तकमैया बस्तीमा बेलायती नागरिक मुक्त कमैयाको सुरक्षित पक्की घर बनाउन व्यस्त छन् ।

‘एक्सन एड’ को सहयोगमा राधाकृष्ण थारू जनसेवा केन्द्र बर्दियाले घर निर्माणकार्य सुरु गरेको हो । कालिका गाविस–५ जनता नगरमा १२ महिला र चार पुरुष गरी १६ जना बेलायती संस्थाका स्वयम्सेवक ६४ मुक्तकमैया परिवारका लागि सुरक्षित पक्की तथा कम खर्चिलो घर निर्माण कार्यमा व्यस्त भएका हुन् ।

हालसम्म मुक्तकमैयाका लागि नगरपालिका, ढोडरी र कालिका गाविसको विभिन्न मुक्तकमैया बस्तीमा ३३८ वटा घर निर्माण गरिसकिएको र यस वर्ष करिब रु एक करोड तीन लाखको लागतमा ६४ वटा सस्तो तथा सुरक्षित पक्की घर निर्माण गरिन लागेको  केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले बताए ।

बर्दियामा ११ हजार ८७५ मुक्तकमैया परिवार रहेकामा नौ हजार ६८९ परिवारको पुनस्र्थापना भइसकेको छ । दुई हजार १८६ मुक्तकमैया परिवारलाई पुनस्र्थापना गर्न बा“की छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us