जाजरकोटका दलित विद्यार्थीलाई छात्रवृत्ति

काठमाण्डु टुडे २०७१ कार्तिक २७ गते २:५२ मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक– जाजरकोट जिल्लाका दलित  विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । त्रिभुवन निम्नमाध्यमिक विद्यालय खलंगा रिसाङका पाँच जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका जिल्ला कार्यक्रम अधिकृत जगदीश नेपालीले जानकारी दिए ।

जेहेन्दार, गरिब, अनाथ, टुहुरा, सीमान्तकृत वर्गका  विद्यार्थीलाई संघले छात्रवृत्ति दिने गरेको छ । यसअघि संघले जिल्लाका विभिन्न ठाउ“मा रहेका १ सय १९ बालबालिकालाई छात्रवृत्ति दिएको थियो । छात्रवृत्ति प्रतिविद्यार्थी मासिक ४ सय रुपैयाँका दरले दिने गरिएको छ ।

जाजरकोटमा गत वर्षदेखि दलित  विद्यार्थीलाई छात्रवृत्ति वितरण थालिएको थियो । आर्थिक अभावका कारण पढाइबाट वञ्चित भएका दलित बालबालिकालाई छनोट गरी छात्रवृत्ति वितरण गरिँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us