छ वर्षमा पनि पूरा भएन बधशाला निर्माण

काठमाण्डु टुडे २०७१ कार्तिक २७ गते १:५१ मा प्रकाशित

 काठमाण्डु, २७ कात्तिक– विराटनगर उपमहानगरपालिकाले निर्माण सुरु गरेको पशु बधशालाको निर्माण कार्य रोकिँदा भएको संरचना पनि भत्कन थालेको छ । आर्थिक वर्ष २०६५÷०६६ मा उपमहानगरपालिका– ११ स्थित हाटखोलामा बधशाला निर्माण कार्य सुरु भएको भए पनि यो कार्य अहिलेसम्म पूरा हुन सकेको छैन ।

बधशालको निर्माणलाई निरन्तरता दिन रकम अभाव भएकाले निर्माण कार्य रोकिएको उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले बताए । निर्माण कार्य रोकिँदा निर्माण भइसकेका संरचना पनि भत्कन थालेका छन् ।

बधशाला निर्माणमा उपमहानगरपालिकाको समेत १८ लाख खर्च भइसकेको छ । उपमहानगरपालिकाका पशुपक्षी महाशाखाका प्रमुख हीरालाल यादवले त्यतिबेला सरकारले बजेट छुट्याएकाले काम सुरु गरेको तर योजना सम्पन्न गर्न आफूहरुसँग रकम अभाव भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us