तेह्रथुममा सामूहिक बलात्कार

काठमाण्डु टुडे २०७१ कार्तिक २६ गते १३:४८ मा प्रकाशित

काठमाण्डु, २६ कात्तिक– पाँच जना युवाले तेह्रथुमकी एक किशोरीलाई सामूहिक बलात्कार गरेका छन् । तेह्रथुमको मोहाराङका युवाले ओयाक्जुङ गाविसकी १५ वर्षीया युवतीलाई आइतबार बलात्कार गरेको तेह्रथुम प्रहरीले जनाएको छ ।

rape
चिनेजानेकै युवकले फकाइफुलाइ बोलाएर जंगलमा लगेको र साथीहरुसहित सामूहिक बलात्कार गरेको पीडित किशोरीका पक्षबाट दिएको उजुरीमा उल्लेख छ । घटनामा संलग्न मोराहाङाका २२ वर्षीय विष्णुकुमार खापुङ १८ वर्षीय गोविन्द लिम्बु, जीवन विक, मिलन लिम्बु र सुविन लिम्बु फरार रहेको र प्रहरीले खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक विदुरकुमार गौतमले बताए ।

किशोरीको बलात्कार आइतबार भए पनि प्रहरीमा किटानी जाहेरी बुधबार मात्रै भएको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us