बालिका बलात्कारको आरोपमा जेल चलान

काठमाण्डु टुडे २०७१ कार्तिक २६ गते १२:४७ मा प्रकाशित

भक्तपुर, २६ कात्तिक – मध्यपुरथिमी नगरपालिकाकी १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई आज (बुधबार) जेल चलान गरिएको छ ।

मकवानपुर आगरा–७ घर भई मथिनपा बस्ने वर्ष २५ का दिनेशसिंह ठकुरीलाई भक्तपुर जिल्ला अदालतले आज पुर्पक्षका लागि जेल चलान गरेको अदालतका शाखा अधिकृत उद्धव ढोरारीले जानकारी दिए ।

अदालतका न्यायाधीश नागेन्द्रराज कर्णको इजलासले ठकुरीलाई जेल चलान गरेको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us