नेपालबाट कसरी चीनविरोधी गतिविधि चर्काउन खोज्दैछन् तिब्बती शरणार्थी ?

काठमाण्डु टुडे २०७१ कार्तिक १३ गते ११:३६ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक–  चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका प्रमुख लियो साङ जियाङ सुनले नेपालमा रहेका तिब्ती शरणार्थीलाई पक्रेर बुझाउन आग्रह गरेलगत्तै tibbatiतिब्बतीहरु उत्तेजित भएका छन् ।
चीनले आफूहरुलाई पक्राउ गर्न नेपाल सरकारलाई दबाब दिएको भन्दै तिब्बती शरणार्थीले आन्दोलनको तयारी गरेका छन् । केही दिनअघि नेपाल आएका लियो साङले राष्ट्रपति, प्रधानमन्त्रीसहित केही मन्त्री र प्रमुख दलका शीर्ष नेतालाई भेटी चीनविरोधी गतिविधिमा संलग्न तिब्बतीलाई पक्राउ गरी सुपुर्दगी गर्न दबाब दिएका थिए ।

चीन सरकारले उक्त दबाबको विरोधमा आन्दोलनको कार्यक्रम तय गर्न तिब्बतीले शनिबार काठमाण्डुको बौद्धमा भेला डाकेका छन् । बौद्धस्थित तिब्बत इन्टरनेशनल होटलमा विषेश कार्यक्रममार्फत आन्दोलन घोषणा गर्ने तयारी भएको स्रोतले बतायो ।

तिब्बतीयन शरणार्थीले कुनै पनि गोप्य बैठक गर्नुपरेमा तिब्बत इन्टरनेशनल होटललाई प्रयोग गर्ने गरेका छन् । उक्त  होटल भारतस्थित दलाई लामाको नर्वासित सरकारको सांसद छोमो डोमाकोले संचालन गदै आएकी छन् । स्रोतका अनुसार यसरी सञ्चालन गरिएको होटलमा १ रोपनी भन्दा बढी सरकारी जग्गा मिचिएको छ । कार्यक्रममा नेपालमा रहेका सबै तिब्बती शरणार्थी नेताहरुलाई आमन्त्रण गरिएको छ ।

उक्त कार्यक्रममार्फत तिब्बत सरकारका प्रमुख लियो साङ जियाङ सुनले नेपाली अधिकारीसाग गरेको मागको बारेमा विरोधको कार्यक्रम तय गर्ने बौद्ध स्थित सेल्कर गुम्बाका एक लामाले बताए । नाम नखोल्ने सर्तमा ती लामाले भने, ‘शनिबार गर्न लागिएको कार्यक्रम हालै तिब्बतबाट नेपाल भ्रमणमा  आएको टोली र उनीहरुले नेपालमा बसोबास गर्ने तिब्बती शरणार्थीविरुद्ध बोलेको विरोधमा के गर्ने भन्ने बारेमा हो ।

उक्त बैठकमा नेपालमा अब कसरी स्वतन्त्र तिब्बत आन्दोलनलाई निर्णायक गर्ने भन्ने बारेमा केन्द्रित हुने बताइएको छ । उक्त  बैठकमा सबै दातालाई चन्दा सहयोग गर्नसमेत आग्रह गरिएको छ । चन्दा अभियानको नेतृत्व गरेका उचाड समाजका अध्यक्ष गेम्बो सोनाम साग सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् । तिब्बतीयन शणरार्थीको काड समेत लगेका सोनाम सुदिप पाठक अध्यक्ष रहेको नेपाल मनाव अधिकार संगठनका सदस्य समेत छन् ।

मानव अधिकारवादीको भेषमा  नेपालको कानुनविपरीत दलाई लामाको आन्दोलनमा सघाउादा समेत जिम्मेवार निकाए मौन बसेको छ । उनी २ महिनाअघि भएको चुनावमा उचाड पार्टीको अध्यक्षमा चुनिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us