ओलीतिर संकेत गर्दै भट्टराईले भने, ‘सत्ता परिवर्तनको खेलले संविधान छायाँमा’

काठमाण्डु टुडे २०७१ कार्तिक १३ गते ११:१६ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक– एकीकृत माओवादी नेता एवम् संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईले संविधान जारी भएपछि सत्ता Baburam-Bhattarai_AP_20120907053211कसेले लिने भन्ने विवादका कारण संधिवान निर्माण प्रक्रिया ओझेलमा परेको बताएका छन् ।
समितिको कार्यालय सिंहदरबारमा सीमित सञ्चारकर्मीसँग बिहीबार भट्टराईले संविधानको विवादमा सहमति प्रयास भइरहेका बेला बीचमा सरकारको कुरा आएकाले जतिटला थपिएको बताए । एमाले नेता केपी शर्मा ओलीले माघ ८ मा संविधान जारी भएपछि प्रधानमन्त्री आफू हुनुपर्ने लविङ गरिरहेका बेला भट्टराईको यस्तो भनाइ आएको हो । यद्यपि उनले सरकार नेतृत्वमा कसले दाबी गरेको हो भन्नेबारे खुलाएनन् ।

भट्टराईले संविधान जारी गर्ने महत्वपूर्ण एजेण्डामा छलफल चलिरहेका बेला सरकारको कुरा नगर्न आाफूले दलका शीर्ष नेताहरुको ध्यानाकर्षण गराएको जानकारी दिए । ‘संविधान निर्माणमा छलफल केन्द्रित भइरहेका बेला सरकारको कुरा आएकाले जटिलता थपिएको छ’, भट्टराईले भने, ‘नेताहरुलाई संविधान जारी भएपछि सरकार के हुने भन्ने विषयमा अहिले नजाऔं भनेको छु ।’
संविधान निर्माणपछि सबै पक्षको सहमतिमा सरकार बन्ने भएकाले अहिल्यै त्यस विषयमा विवामा फस्न नहुने उनको भनाइ थियो । उनले औपचारिक रुपमा भने कसैले पनि सत्ता परिवर्तनको कुरा बैठकमा नल्याएको जानकारी दिए । माघ ८ अघि संविधान निर्माणबाहेकका विषयमा प्रवेश गर्न नहुने भन्दै उनले सत्ता परिवर्तनको विवाद शीर्ष तहमा बसेर छलफल गर्न सकिने उल्लेख गरे ।

सहमतिको सम्भावना टरेको छैन
भट्टराईले संवाद समितिले पाएको समयसीमा १५ कात्तिकसम्म विवादित विषयमा सहमतिको सम्भावना अझै रहेको दाबी गरे । सहमति असम्भव नरहे पनि जटितला भने रहेको उल्लेख गरे  । ‘ १५ गतेसम्म सहमति गर्न असम्भव छैन, तर जटिलता छ’, उनले भने ।

भट्टराईले विवादित विषयमा दलहरु न्जिक र टाढा दुवै रहेको जनाए । भट्टराईले एमालेको चार प्रदेशको प्रस्तावमा सहमतिमा शंका पैदा गरेको बताए ।

दलहरुबीच नयाँ शिराबाट छलफmल नभएको र सबैले पूरानै अडान दोहो¥याइरहेको जनाए । १५ गतेसम्म सहमति नभए प्रदेशको संख्या र नाम अनुसूचिमा राखेर जाने सुझाव आएको भए पनि त्यसबारे छलफल भने नभएको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us