प्रधानमन्त्री कोइरालाद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाण्डु टुडे २०७१ कार्तिक १३ गते १०:५३ मा प्रकाशित

sushilकाठमाण्डु, १३ कात्तिक– प्रधानमन्त्री सुशील कोइरालाले मलेसियामा सम्पन्न आइसीसी वल्र्ड कप क्रिकेट लिग डिभिजन थ्री २०१४ को उपाधि जितेकामा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।
नेपाली टोलीका कप्तान पारस खड्कालाई टेलिफोन गरी उनले बिहीबार बधाई दिएका हुन् । नेपाली टोली समूह विजेता बनेको परिणाम आएलगत्तैै प्रधानमन्त्री कोइरालाले नेपाल सरकार, नेपाली जनता र आफ्नो व्यक्तिगत तर्फबाट नेपाली क्रिकेट टिमका कप्तान, समस्त खेलाडी र प्रशिक्षकलाई बधाई दिएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।

नेपाली टोलीको यो सफलताले नेपाली क्रिकेट टिमलाई आगामी दिनमा अझ उत्कृष्ट खेल प्रदर्शन गरी क्रिकेटमा सर्वोपरी स्थान हासिल गर्ने सफलता मिलोस् भन्ने शुभकामना प्रधानमन्त्रीले दिएका छन् ।
डिभिजन थ्रीको उपाधि जितेर नेपाललाई डिभिजन टू मा बढुवा गराउन नेपाली क्रिकेट टिमले राष्ट्रिय गौरब बढाएको बताए । उनले अन्तर्राष्ट्रिय खेल जगतमा नेपालको राष्ट्रिय झण्डा उचो बनाएर नेपालीको शान र मान अभिवृद्धि गराउने समस्त खेलाडी र प्रशिक्षकप्रति आफूलाई गर्व लागेको पनि बताए ।
नेपालले फाइनलमा बिहीबार युगाण्डलाई ६२ रनले हराउँदै उपाधि चुमेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us