उच्च रक्तश्रावले बलात्कृत बालिकाको अवस्था गम्भीर

काठमाण्डु टुडे २०७१ कार्तिक १३ गते ९:१३ मा प्रकाशित

पथरी, १३ कात्तिक – भाइटीकाका दिन बलात्कृत भएकी १३ वर्षीया बालिकाको अवस्था गम्भीर बन्दै गएको छ ।

मोरङ प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार बलात्कृत बालिकाको अत्यधिक रक्तश्राव भएका कारण अवस्था गम्भीर बनेको हो ।

मोरङ मधुमल्ला गाविस–२ की एक १३ वर्षीया बालिकालाई छिमेकी ४७ वर्षीय कृतिमान राईले भाइटीकाको राति घरमा कोही नभएको अवस्थामा बाहिर लगेर बलात्कार गरेको पीडितले प्रहरीमा दर्ता गरेको उजुरीमा उल्लेख छ ।

विराटनगरको कोसी अञ्चल अस्पतालमा उपचारमा संलग्न डा रञ्जीत सिंहका अनुसार अत्यधिक रक्तश्रावका कारण बालिकाको शरीरमा रगतको मात्रा एकदमै न्यून भएकाले बालिकाको अवस्था गम्भीर बन्दै गएको हो । राईलाई मोरङ प्रहरीले पक्राउ गरिसकेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us