जिप दुर्घटनामा १२ घाइते

काठमाण्डु टुडे २०७१ कार्तिक १३ गते ९:११ मा प्रकाशित

स्याङ्जा , १३ कात्तिक – स्याङ्जा सदरमुकामतर्फ आउँदै गरेको ग १ ज ५०१७ नम्बरको महेन्द्रा जिप बिहीबार बिहान दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये सातको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिप पुतलीबजार नगरपालिका छहरी खोलाबाट स्याङ्जा सदरमुकामतर्फ आउँदै गर्दा पुतलीबजार नगरपालिका–८ स्थित डढेला भन्ने स्थानमा दुर्घटना भएको हो ।

गम्भीर सातजनालाई पोखरा पठाइएको छ भने अन्यको जिल्ला अस्पताल स्याङ्जामा उपचार भइरहेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us