मेची–महाकाली जनआन्दोलन गर्ने वैदिक सनातन हिन्दू राष्ट्रको चेतावनी

काठमाण्डु टुडे २०७१ कार्तिक ११ गते १२:३८ मा प्रकाशित

काठमाण्डु, ११ कात्तिक – हिन्दू राष्ट्र कायम गरिनुपर्ने भन्दै शान्तिपूर्ण रुपमा धर्नामा बसेको बेला सरकारले आफूहरुमाथि दुव्र्यवहार गरेको भन्दै वैदिक सनातन हिन्दू राष्ट्र संयूक्त संघर्ष समितिले २४ घण्टा धर्नामा बसेकालाई रिहा नगरे मेची–महाकाली जनआन्दोलन गर्ने चेतावनी दिएको छ ।
dharmaमंलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले आफूहरु सनातन हिन्दू राष्ट्र नेपाल पुनस्र्थापना, गौमाताको हत्या रोक्न, धर्म परिवर्तन रोक्ने माग लिएर शान्तिपूर्ण रुपमा धर्नामा बसेको बेला प्रहरीले बुट बर्साएको आरोप लगाउँदै ज्यादती तत्काल नरोके कडा भन्दा कडा संघर्षमा उत्रने चेतावनी दिएको हो । समितिले वर्तमान सरकार धर्मविरोधी भएको समेत आरोप लगाएको छ ।

कार्यक्रममा बोल्दै समितिको संयोजक सुशिलचन्द्र अधिकारीले सरकारले आफूहरुलाई जंगी शैलीको व्यवहार गरेको भन्दै तत्काल प्रहरी ज्यादती नरोके आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिएका छन् ।

सनातन हिन्दू राष्ट्र नेपाल संयूक्त संघर्ष समितिका संयोजक कुमार बहादुर थापाले २४ घण्टाभित्रमा शान्तिपुर्ण धर्नाको व्यवस्था मिलाउनुपर्ने, जबरजस्ती रुपमा पक्राउ गरिएकाहरुलाई अविलम्ब रिहा गर्नुपर्ने, धार्मिक सामाग्रहरु ससम्मान फिर्ता गर्नुपर्ने लगायतका मागहरु राखेका छन् ।

राप्रपा नेपालका सभासद विक्रम बहादुर थापाले समितिको आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै आफ्नो पार्टीले सडक र सदन दुवैबाट दबाब सिर्जना गर्ने उद्घोष गरेका छन् ।

त्यस्तै भगवती राष्ट्रिय मानव कल्याण संगठन नेपाल राष्ट्रिय समितिका अध्यक्ष रामेश्वर थापाले पनि आफ्ना मागहरु पूरा नगरे मेची–महाकाली हिन्दू जनआन्दोलन गर्ने चेतावनी दिएका छन् ।

समितिले सनातन हिन्दू राष्ट्र नेपाल कायम गराउने दिशामा वैदिक, बौद्ध, शिख लगायत समस्त ॐकार परिवारको मर्म, धर्म, संस्कार, पद्धति माथिको विजय सम्झने धर्मविरोधी सरकारले हिन्दूहरुको कमजोरी नठान्न समेत चेतावनी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us