तुलसीपुर, ११ कात्तिक – दाङमा अज्ञात व्यक्तिको खुकुरी प्रहारबाट सोमबार एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा घोराही नगरपालिका– ११ रतनपुरका दीपेन्द्र बुढा रहेका छन् ।
आफ्नै बङ्गुरलाई दाना खुवाउन घोराही– १ सर्रामा रहेको बङ्गुरपालन फार्ममा मोटरसाइकलमा चढेर गएका बुढालाई साइकलमा आएका दुईजना अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका बुढाको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।
घटनामा संलग्नको खोजी भइरहेको छ । रासस