काठमाण्डु, ११ कात्तिक– प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी जवान समीर आर्चायलाई रेस्टुरेन्टमा मादक पदार्थ सेवन गरी हो हल्ला गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
कमलपोखरीसिथत सिटी सेन्टरमा फिल्म हेर्न गएका आर्चायसहितको ५ जनाको टोलीले टिकट नपाएपछि सेन्टरमा रहेको एक रेस्टुरेन्टमा मादक पदार्थ सेवन गरी हो हल्ला गर्दा महागरीय प्रहरी वृत कमलपोखरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरेर अर्धचेत अवस्थामा रहेका आर्चायसहितको टोलीले सेन्टरमा किनमेल गर्न आएका सर्वसाधारणलाई गोली हानी मार्ने धम्की दिएपछि भागदौड मच्चिएको थियो ।