संविधान लेख्ने विषयमा किन गम्भीर छैनन ओली ?

काठमाण्डु टुडे २०७१ कार्तिक ११ गते १:५८ मा प्रकाशित

काठमाण्डु, ११ कात्तिक– संविधानका विवादित विषयमा अन्तिम निर्णय गर्ने भन्दै तीन राजनीतिक दलका नेता पटकपटक वार्तामा बस्दै आएका छन् ।
KP Oliजनतालाई निर्णायक भनिने यस्ता वार्ता कतिपय नेता खास गरी एमाले अध्यक्ष केपी ओलीका लागि भने खेलबाड मात्र बन्ने गरेका छन् ।
अघिल्लो संविधानसभामा बाहिरै रहेर संविधानसभाको मजाक उडाउने ओलीले यसपालि भित्रै रहे पनि सहमतिलाई महत्व दिएका छैनन् । सधैंजसो ढिलो गएर छिटो हिँड्ने ओली सोमबार त बैठकमै गएनन्, अरु शीर्ष नेतालाई पनि पठाएनन् ।
नेताहरु बैठकमा नआउने र आए पनि गम्भीर वार्ता गर्न तयार नभएपछि संवाद समितिको म्याद फेरि सकिन लागेको छ । सिंहदरबार र बानेश्वरमा हुने बैठकमा नेता उदाशीन भएपछि असोज अन्तिम र कात्तिक पहिलो साता गोकर्ण रिसोर्टमा बैठक डाकिएको थियो । तर निर्णायक भनिएको गोकर्णका तीनवटा बैठकमा पनि ओलीले समय नदिँदा नेताहरुबीच सघन छलफल नै हुन सकेको छैन ।
गोकर्णको पहिलो बैठक ३१ असोजको अपराह्न ४ बजे सुरु हुने भनिएको थियो । सबै नेता समयमै पुगे । तर पटकपटक फोन गरेपछि ओली साढे पाँच बजेमात्र बैठकस्थल पुगे । एमाले अध्यक्ष र संसदीय दलको नेता समेत रहेका ओली ढिलो गरी पुगेपछि सघन छलफल हुन सकेन । नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us