म:म बेच्दै माननीय सांसद्

काठमाण्डु टुडे २०७१ कार्तिक ११ गते १:५२ मा प्रकाशित

भक्तपुर, ११ कात्तिक– दोस्रो जनआन्दोलनको सफलतापछि तत्कालीन विद्रोही नेकपा माओवादी शान्ति प्रक्रियामा आयो ।
momoविस्तृत शान्तिसम्झौतालगायत सहमतिपछि दलहरुबीच अन्तरिम व्यवस्थापिका–संसद गठन गर्ने सहमति बन्यो । उक्त संसद्मा माओवादीले पाएको ७३ जना ‘सांसद’ कोटामा भक्तपुरकी नारायणी श्रेष्ठ पनि मनोनित भएकी थिइन् ।

कलाकारका रुपमा राजनीतिक जीवन सुरु गरेकी श्रेष्ठ २०५२ सालमा थालेको जनयुद्धसँगै पूर्णकालीन भइन् । नारायणीका श्रीमान बासुदेव चुवाल राज्यद्वारा बेपत्ता पारिएका छन् । तर, एक वर्षयता उनी राजनीतिमा कम र व्यापार व्यवसायमा बढी समय दिइरहेकी छन् ।

अहिले उनी भक्तपुरको कमल बिनायकमा मःम कार्निभल एन्ड फास्टफुड चलाइरहेकी छन् । दुईजना सहयोगीको साथ लिएर व्यवसाय चलाइरहेकी श्रेष्ठ आफ्नो व्यापार व्यवसायबाट पूर्ण सन्तुष्ट भएको बताउँछिन् ।

पसलमा पूरै समय खट्ने उनी कमल बिनायकमा आफ्नो व्यापार नयाँ भए पनि ग्राहकले फास्टफुडको मःम राम्रो मानेकाले व्यापार दिनप्रतिदिन राम्रो हुँदै गएको बताउँछिन् ।
पार्टीले जिम्मेवारी नदिएपछि जीवन सञ्चालनका लागि केही काम गर्नु पर्ने बाध्यता भएकाले यसतर्फ लागेको बताउने श्रेष्ठ गरी खान लाज मान्न नहुने बताउँछिन् ।

भन्छिन् ‘ममा पहिलेदेखि नै गरिखान के को लाज भन्ने सोच थियो । हामी गरिखाने बर्गका मानिस हौं । हामीले राजनीति गर्दा पनि श्रमिक वर्गको पक्षमा गरेका थियौं । हो, विधायक भइसकेपछि मःम पसल भनेर केहीले नाक खुम्च्याउन पनि सक्छन् । तर काम गरिखान केको लाज ?’ नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us