काठमाण्डु, १० कात्तिक– छोरा कृष्णप्रसादको हत्यामा संलग्नमाथि कारबाही माग गर्दै अनसन बस्दा मृत्यु भएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको अन्तिम संस्कार
सरकारले नै गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारी प्रतिनिधिको उपस्थितिमा अधिकारीको दाहासंस्कार गर्ने निर्णय गरेको हो । हत्यामा संलग्नमाथि कारबाही माग गर्दै अनसनमा बसेका अधिकारी नन्दप्रसादको अनसनरत अवस्थामै एक महिनाअघि वीर अस्पतालमा निधन भएको थियो ।
उनका छोरा नुरप्रसाद र परिवारका कोही पनि सदस्य शव बुझ्न नआएपछि सरकार आफैं दाहसंस्कारका लागि अघि सरेको हो । अधिकारीको शव त्रिवि शिक्षण अस्पतालमा छ ।