प्रधानमन्त्रीकै अगाडि प्रचण्डले भने, ‘सहमतिमा संविधान नआए दुर्भाग्य’

काठमाण्डु टुडे २०७१ कार्तिक १० गते १३:१४ मा प्रकाशित

काठमाण्डु, १० कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतका सहमतिका आधारमा सहमतीय संविधान निर्माणको विकल्प नरहेको बताएका prachandaछन् ।
आफू नेतृत्वको २२ दलीय मोर्चाले दसैं, तिहार, नेपाल सम्वत ११३५, छठ र ल्होसारका अवसरमा सोमबार काठमाण्डुको भृकुटीमण्डपमा गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा सत्तापक्षले विगतका सहमति र प्रतिबद्धता बिर्सिए दुर्भाग्य हुने चेतावनी दिए ।

उनले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र जनतामाझ गरेको प्रतिबद्धता नबिर्सन आग्रह गरे । ‘२२ दलको तर्फबाट म के प्रतिबद्धता जनाउन चाहन्छु भने हामी सहमतिका आधारमा मंसिर ८ गते नै संविधान जारी होस. भन्ने पक्षमा छौं’, प्रचण्डले भने, ‘हामीले हिजो गरेका सम्झौता, सहमति र प्रतिबद्धता भुल्यौं भने त्यो मुलुकका लागि दुर्भाग्यपूर्ण हुन सक्छ ।’
प्रचण्डले नेपालका राजनीतिक दलहरुमा झगडा गर्दागर्दै संवाद र सहमति गर्ने र सहमति गर्दा गर्दै झगडा गर्न सक्ने अनौठो विशेषता र मौलिकता रहेको बताए । हामी विवाद गछौंं, छलफल गर्छौं । छलफलमा पनि मिलेन भने फेरि उच्चस्तरको छलफल गर्छौं’, उनले भने, ‘विश्वका कतिपय दलका नेता हाम्रो संस्कृतिदेखि आश्चार्य मान्छन्, विवाद पनि चर्कै हुन्छ, फेरि सँगै पनि बसेकै हुन्छौं, एक अर्कालाई शुभकामना दिइरहेका हुन्छौं ।’

कतिपय विकसित देशकै नेतासमेत एकपटक मतभेद हुँदा ६–८ महिना नबोल्ने गरेको भन्दै नेपालका नेताहरुबीच राम्रो सम्बन्ध रहेको बताए ।
उनले पूर्वसहमति र प्रतिबद्धताअनुसार पहिचान र सामथ्र्यसहितको संविधान दिन संविधानसभा असफल भए इतिहासले वर्तमान नेतृत्वलाई धिक्कार्ने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us