२२ दलको चियापानमा प्रधानमन्त्रीले भने, ‘माघ ८ मै संविधान’

काठमाण्डु टुडे २०७१ कार्तिक १० गते ११:५८ मा प्रकाशित

काठमाण्डु, १० कात्तिक – प्रधानमन्त्री सुशील कोइरालाले संविधान माघ ८ गते नै जारी हुने बताएका छन् ।

sushil daएमाओवादी नेतृत्वको २२ दलीय मोर्चाले सोमबार राजधानीमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्रीले संविधान जारी हुने विषयमा शंका नगर्न आग्रह गरेका हुन् । ‘म विश्वास दिलाउन चाहन्छु, ’ प्रधानमन्त्रीले भने, ‘संविधान तोकिएको मितिमै आउँछ ।’

प्रधानमन्त्रीले नेपाली जनताको राजनीतिक दलप्रति आशा र भरोसा नघटेको उल्लेख गरे । ‘नेपालीको अनुहारमा मैले आशा देखेको छु,’ उनको भनाइ थियो, ‘राजनीतिक दलप्रति भरोसा गर्नुभएको छ ।’

संविधानसभा र संविधानसभा अन्तर्गतका समितिहरुले संविधान निर्माणको काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सहमति, सहकार्य र एकतासहित दलहरुले मिलेरै संविधान निर्माण गर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us