२२ दलको चियापानमा ओली नआएपछि प्रचण्डलाई टेन्सन

काठमाण्डु टुडे २०७१ कार्तिक १० गते १३:१८ मा प्रकाशित

काठमाण्डु, १० कात्तिक– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको २२ दलीय मोर्चाले गरेको चियापन कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली नआएकामा दु:ख मनाउ गरेका छन् ।

prachanda-kp oliचियापानमा उपस्थित पाहुनालाई २२ दलीय मोर्चाका तर्फबाट सम्बोधन गर्दै उनले ओली चियापानमा नआएकामा दु:ख लागेको बताए ।

उनले चियापानमा आउन निम्ता पठाइएको भए पनि ओली नआएको बताए । उनले काँग्रेसले कोजाग्रत पूर्णिमाका दिन र एमालेले तिहारको पूर्वसन्ध्यामा गरेको चियापानमा आफूहरु गएको स्मरण गर्दै आफ्नो चियापानमा ओली आएको भए राम्रो हुने उल्लेख गरे ।

‘पहिला काँग्रेसले र पछि एमालेले गरेको चियापानमा हामी गयौं र शुभकामना दियौं’, प्रचण्डले भने, ‘एमालेका अध्यक्ष केपी ओलीलाई पनि निम्ता गरिएको थियो, ओलीजी आउनु भएन, आएको भए राम्रो हुने थियो ।’

ओली नआए पनि माधव नेपाल आएकामा भने उनले खुसी व्यक्त गरे । नेपालको उपस्थितिले आफूलाई सिंगो एमाले नै आएजस्तो लागेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us