काठमाण्डु, १० कात्तिक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विश्वविद्यालयका उप कुलपतिसहित २३ जनालाई हिरासतमा लिएको छ ।
विश्वविद्यालयको कोषको रकम हिनामिना गरी अनियमितता एवं भ्रष्टाचारजन्य कार्य गरेको प्रमाणबाट देखिन आएकाले हिरासतमा लिएको अख्तियारले जनाएको छ ।
अनुसन्धानका क्रममा दोषीविरुद्धको प्रमाण लोप वा नास गर्नुका साथै आयोगको कामकारवाहीमा बाधा पुर्याउन सक्ने देखिएकाले अख्तियारले थप अनुसन्धानका लागि हिरासतमा लिएको प्रष्ट पारेको छ ।
साथै सो कार्यमा संलग्नता देखिएका ईन्जिनियरिङ सुरेश बराल हाल फरार रहेकोले खोजी गरिरहेको अख्तियारले बताएको छ ।