सहमतिको नाममा तीन दलद्धारा संविधानसभाको बलात्कार : थापा

काठमाण्डु टुडे २०७१ कार्तिक १० गते ९:०४ मा प्रकाशित

काठमाण्डु, १० कात्तिक – राप्रपा नेपाल अध्यक्ष कमल थापाले सहमतिको नाममा तीन दलले संविधानसभाको बलात्कार गरेको आरोप लगाएका छन् ।

kamal-thapaरिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने–‘‘ तीन दलका एक दर्जन असफल र असक्षम नेताहरुले संविधानसभालाई अपहरण गरेका छन । सहमतिको नाममा उनीहरुले संविधानसभाको बलात्कार गरेका छन् । संविधानसभा रेष्टुरेन्टबाट चलाईरहेका छन् । ’’

साक्षात्कारमा अध्यक्ष थापाले आगामी माघ ८ गतेभित्र टिकाउ संविधान ल्याउने भए तीन दलको छाँयाबाट मुलुकको राजनीतिलाई मुक्त गर्नुपर्ने भन्दै नागरिक समाजले समेत तीन दलको यो कर्मको उजागर गर्न नसकेको गुनासो गरे ।

बाह्र बुँदे सम्झौता लगायतका सम्झौतालाई बाध्यताको सहमतिको संज्ञा दिदै उनले जनवादी व्यवस्था र संसदीय व्यवस्थाको सिद्धान्त मान्ने दलहरुवीच सम्झौता हुनै नसक्ने भन्दै भएपनि त्यसले मुलुकको भलो हुने खालको संविधान दिनै नसक्ने ठोकुवा गरे । उनले भने–‘‘त्यस्तो सहमति अप्राकृतिक हुन्छन । ’’

अध्यक्ष थापाले संघीयता, धर्म निरपेक्षता र गणतन्त्रलाई विधीबाट पुनः नटुङग्याए आफूहरुलाई स्विकार्य नहुने स्पष्ट पार्दै सनातन हिन्दु राष्ट्रको विषयमा जनमतसंग्रह हुनुपर्ने बताए ।

उनले सनातन हिन्दु राष्ट्र नेपालको पहिचान भएकोले धर्मको सिद्धान्त परिवर्तन नहुने स्पष्ट पार्दै त्यसको लागि खुमबहादुर खड्का र पशुपति शमसेर राणा लगायतकाहरुसँग सहकार्य गरेर त्यसको लागि छिट्टै अभियान सञ्चालन गर्ने जानकारी दिए ।

थापाले सहमति, जनमत संग्रह र प्रक्रियाको विधीबाट संविधान निर्माण हुनुपर्नेमा सहमितको सम्भावना सकिएकोले अब जनमत संग्रहबाट संविधान बनाउनु पर्ने माग गरे । उनले माघ ८ मा संविधान दिन नसके दलहरुप्रति जनताको विश्वास समाप्त हुने चेतावनी समेत दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us