दाजुका साथीबाट अपाङ्गता भएकी युवती बलात्कृत

काठमाण्डु टुडे २०७१ कार्तिक १० गते ८:२६ मा प्रकाशित

झापा, १० कात्तिक – शारीरिक अपाङ्गता भएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले झापाबाट एक जनालाई पक्राउ गरेको छ ।

धाइजनमा – ३ बस्ने ४५ वर्षीय पूर्वबहादुर सिलवाललाई ईलाका प्रहरी कार्यालय धुलावारीले पक्राउ गरी थप अनुसन्धानका लागि ईप्रका काकडभिट्टा पठाएको हो।

सिलवालले आफ्नै साथीको बहिनीलाई आईतबार बिहान आफ्नै घरमा कोहि नभएको मौका छोपी बलात्कार गरेको आरोप पीडितले लगाएकी छन् ।

यता प्रहरी अनुसन्धानले बलात्कार उद्योग भएको हुनसक्ने अनुमान गरेको छ। आरोपित सिलवाल बिरुद्ध पीडितका परिवारले सोमबार बिहान ईप्रका काकडभिटामा किटानी जाहेरी दिएको ईलाका प्रहरी काकडभिटाको मुद्दा शाखाले जनाएको छ।

पीडितको जाहेरी परेपछि सिलवाललाई पक्राउ गरीएको प्रहरीले जनाएको छ। यसैबीच ईप्रका काकडभिट्टाले स्वास्थ्य परीक्षणका लागि ति युवतीलाई मेची अञ्चल अस्पताल पठाइएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us