इटालीका राजदुतले भेटे सवारी दुर्घटनामा परेका नागरिकलाई

काठमाण्डु टुडे २०७१ कार्तिक १० गते ७:३५ मा प्रकाशित

काठमाण्डु, १० कात्तिक – भारत र नेपालका लागि इटालीका राजदुत ड्यानिले मानसिनीले सवारी दुर्घटनामा परेर उपचार गराइरहेका नागरिकसँग भेटघाट गरेका छन् ।

iaकेही दिन अघि नुवाकोटमा भएको सवारी दुर्घटनामा परी घाईते भएका दुई जना इटालियन नागरिक मार्ता लान्जी र कायरा मास्त्रोफिली नर्भिक अस्पतालको आई.सि.यू.मा भर्ना भएपछि उनीहरुको स्वास्थ्य अवस्था बुझ्न राजदुत मानसिनीको नेतृत्वमा रहेको टोली नर्भिक अस्पताल पुगेको हो ।

भेटसँगै राजदुत मानसिनीले विरामीको स्वास्थ्य अवस्था र उपचारबारे जानकारी लिएका छन् ।

भेटको क्रममा त्रि.वि.शिक्षण अस्पतालका कार्डियाक सर्जन डा. अनिल भट्टराई र नर्भिक अस्पतालका बरिष्ठ मुटु रोग विशेषज्ञ डा. भरत रावलको समेत उपस्थिति रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us