सिरहा, १० कात्तिक – बलात्कारपछि काकीको हत्या गरेको अभियोगमा पक्राउ परेका भतिजलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ ।
असोज ३० गते आसोपुर बल्कवा ९ स्थित सहिदुल खानको उखुवारीमा स्थानीय अरुण सदाको ३५ बर्षीया श्रीमती गितादेवी सदालाई बलात्कार पछि हत्या गरेको अभियोगमा पक्राउ परेको युवकलाई मिर्चैया प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा आसोपुर बल्कवा ९ बस्ने २६ बर्षीय छोरा रामउद्गार सदा रहेको छ । मृतक गितादेवीलाई आफ्नै भतिज रामउद्गार असोज २९ गते बेलुकी उखुबारीमा अनैतिक सम्बन्ध स्थापित गरी घाँटी रेटी हत्या गरेको प्रहरीको भनाई रहेको छ ।
गीताको हत्या गरेपछि रामउदगार सोही दिन विदेश जान लागेको भन्दै काठमाण्डु भागेका थिए । रामउदगार काठमाण्डुबाट घर फर्किरहेको प्रहरीले जानकारी पाएपछि गोप्य सूचनाको आधारमा कार्तिक ७ गते पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरी खतिबडाले जानकारी दिए ।
अनुसन्धानको क्रममा रामउदगारले गितादेबीलाई बलात्कारपछि हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।
काकी गितादेवी र भतिज राम उद्गारबीच अनैतिक सम्बन्ध रहेकाले भतिज विदेशबाट घर आएपछि आफूहरुको अनैतिक सम्बन्ध कायम रहेको सम्बन्धमा गाँउघरमा हल्ला हुने डरले रामउदगारले गीतालाई फकाई उखुवारीमा शारीरिक सम्पर्क गरी घाँटी रेटी हत्या गरेको प्रहरीको भनाई रहेको छ ।