हाटबजारमा बलात्कार गर्ने तीन युवा पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक १० गते ६:३६ मा प्रकाशित

बर्दिया, १० कात्तिक – जिल्ला प्रहरी कार्यालय बर्दियाले बलात्कारको आरोपमा तीन जना युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

बर्दिया जिल्ला ताराताल गाविस– ५ का वर्ष २० का विजय भन्ने सुनिल परियार, सोही ठाउँकै वर्ष १८ का यामबहादुर परियार र वर्ष १८ कै बलराम कोइरालालाई कात्तिक ६ गते पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।

अभियुक्त युवाले कुसुम्वाघाट हाटबजार गएको अवस्थामा सानोश्री गाउँ नं ५ की एक विवाहित महिलालाई सामान्य चिनजानको भरमा फोन सम्पर्क गरी हामीहरु तपार्इंकै गाउँका हौँ भनी मेलामा भेट्न बोलाई झुक्याएर सानोश्री कुसुम्वा बजारस्थित सशस्त्र प्रहरी बेस क्याम्पको उत्तरतर्फको महिला जागृत सामुदायिक वनमा कात्तिक ५ गते पालैपालो करणी गरेको आरोप छ।

बलात्कृत महिलाले प्रहरीलाई खबर गरेपछि अभियुक्तको खोजी कार्य गर्दै जाँदा बलराम कोइरालालाई आफ्नै गाउँबाट र अन्य दुई जनालाई सोरह्वा गाविसबाट पक्राउ गरिएको प्रहरीले बताएको छ।

मोबाइल कल डिटेलको आधारमा उनीहरु घटनामा संलग्न भएको पाइएको प्रहरीले बताएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us