आज महाकवी देवकोटाको जन्मजयन्ती

काठमाण्डु टुडे २०७१ कार्तिक ६ गते ४:०५ मा प्रकाशित

काठमाण्डु, ६ कात्तिक- बहुमुखी प्रतिभाका धनी महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय ६ औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी Laxmi-Prasad-Devkotaमनाइँदैछ ।
नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने देवकोटाको कविता र निबन्धमा विशेष योगदान छ । मुनामदन, सुलोचना, शाकुन्तलाजस्ता अमर कृतिका लागि कलम चलाएका देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते लक्ष्मीपूजाका दिन काठमाण्डुको डिल्लीबजारमा भएको थियो ।
साहित्यमा स्वच्छन्दतावाद रुचाउने महाकविलाई पछिल्लो पुस्ताले आधुनिक कविका रूपमा मान्ने गरेका छन् । उनको पहिलो प्रकाशित कविता सङ्ग्रह पहाडी पुकार हो ।
देवकोटाको पछिल्लो प्रकाशित कृति ‘नागरिक शास्त्र’ विसं २००८ लेखिएको भए पनि त्यसको प्रकाशन भने २०६८ सालमा भएको थियो ।
देवकोटाले आफ्नो जीवनको छोटो समयमा कविता, गीत, बालसाहित्य, महाकाव्य, निबन्ध, नाटक, उपन्यास तथा कथासमेत लेखेका छन् । देवकोटाले तीन महिनामा ‘शाकुन्तल’ १० दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका थिए । दरबार हाई स्कुलबाट आफ्नो पढाइ सुरु गरेका देवकोटाले बिए, बीएल र अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका थिए ।
देवकोटाको निधन २९ भदौ २०१६ मा भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us