यसपटक तिहारमा किन पड्किएन पटाका ?

काठमाण्डु टुडे २०७१ कार्तिक ६ गते ३:५६ मा प्रकाशित

काठमाण्डु, ६ कात्तिक– खुसीयालीमा पटाका पड्काउने चलन संसारभर छ । हाम्रो समाजमा पनि विशेष गरी तिहारका बेला पटाका र भुइँचम्पा पड्काउने चलन छ ।

patakaपहिलेपहिले उपत्यकामा यमपञ्चक सुरु हुनुअघि पटाका पड्काउने होडबाजी जस्तै देखिन्थ्यो । तर यसपटक उतिसारो पटाका पड्किएको सुन्न पाइएको छैन ।
सडकमै खुल्ला रुपमा पटाका बिक्री हुँदै आएको राजधानीका पसलमा अहिले पटाका पाइदैन ।

असनका व्यापारी अनवर हुसेनले गत वर्ष भारतबाट १० लाख बराबरको पटाका नेपाल भित्र्याएका थिए । यस वर्ष उनी पटाकाको कारोबार बन्द गरी कपडा व्यापारमा लागेका छन् ।

कपडा पसलमा भेटिएका उनले भने, ‘ मैले व्यापार नै परिवर्तन गरें । पटाका ल्याउँदा चुनौती व्होर्नुपर्ने, प्रहरीले समात्ला भन्ने डर । लुकीछिपी बिक्री गर्नुपर्ने । कपडा व्यापारमै आनन्द ।’ हुसेनको बुझाइमा उपत्यकामा मात्रै वार्षिक एक करोड रुपैयाँभन्दा बढीको पटाका भित्रन्थ्यो ।

तर यस वर्ष तराईमा प्रहरीले कडाइ गर्दा पटाका कम भित्रिएको छ । थानकोट प्रहरीले पटाका भित्रिन नदिन गाडीमा कुकुर परिचालन गरेर अप्रेसन सुरु गरेको थियो । विस्फोटक पदार्थ सु“घेर थाहा पाउने कुकुर परिचालन गर्दा पटाका नभेट्टाइएको थानकोट प्रहरी प्रमुख डीएसपी प्रवीण धिताल बताउँछन् ।

‘गत वर्ष एक जनालाई विस्फोटक पदार्थ ऐनअन्तर्गत मुद्दा चलाइएको रहेछ । यस वर्ष मुद्दा चलाउने र सवारी साधन सिज हुने भनेपछि व्यवसायीले डराएर नल्याएका हुन सक्छन्,’ उनले भने ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us