प्रचण्डले क्यामेरा फिर्ता गर्ने

काठमाण्डु टुडे २०७१ कार्तिक ६ गते २:४१ मा प्रकाशित

काठमाण्डु, ६ कात्तिक–  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारी कार्यलयबाट करिब छ वर्षअघि लिएको क्यामेरालगायतका विद्युतीय सामग्री फिर्ता गर्ने prachandaभएका छन् ।
प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भवन निर्माण सम्भार डिभिजन कार्यलयबाट लिएको करिब सबा लाख मूल्यको क्यामरालगायतका सामग्री फिर्ता नहुँदा उनको नामको जिन्सी बेरुजू देखाइएको छ ।
प्रचण्डको नाममा जिन्सी खातामा देखाइएको बक्यौताबारे अन्नपूर्ण पोष्टमा बुधबार समाचार प्रकाशित भएपछि उनले त्यसलाई छिटो फस्र्योट गर्न परिवारलाई भनेका छन् । प्रचण्डनिकट स्रोतले भन्यो, यसमा ध्यान नपुगेको मात्र हो। नियतबश गरिएको होइन । सरकारी चलनचल्तीअनुसार सम्बन्धित सरकारी कार्यलयबाट क्यामरा लगिएको हो ।

सम्बन्धित कार्यलयबाट पनि समयमा फलोअप नहुँदा बुझाउने प्रक्रिया अघि बढ्न नसकेको पारिवारिक स्रोतले बतायो । ती सबै समान तत्काल फिर्ता गरिने जानकारी प्रचण्ड पुत्र प्रकाशले जानकारी दिए ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us