गाउँमा छैन सयपत्री फूल

काठमाण्डु टुडे २०७१ कार्तिक ६ गते २:३२ मा प्रकाशित

saya patriझापा, ६ कात्तिक–  विगतका वर्षहरूमा यतिबेला खेतबारीका कान्ला सयपत्री तथा मखमली फूलले ढकमक्क हुन्थे तर धेरै ठाउँमा खेतबारीका कान्लामा सयपत्री तथा मखमली फुलाउने एकादेशको कथाजस्तै भएको छ ।
सयपत्री तथा मखमली आफूले प्रयोग गर्नेसम्म पनि मान्छेले फुलाउन छाडिसकेका छन् । बजारमा किन्न पाइने भएपछि किन दुख गर्ने भन्ने सोचले मानिसले घरको करेसामा पनि फूल फुलाउन छाडिसकेका छन् ।
बुधबारे ४ जयपुरका पसले लय न्यौपानेले प्लास्टिकका फूलका गुच्छा बिक्रीका लागि ल्याएर राखेका छन्। उनी भन्छन्– गाउँमा सयपत्री तथा मखमलीका फूल पाइन छाडिसकेको छ। गाउँमा नपाएपछि बजारबाट ल्याएर भए पनि आवश्यकता पूरा गर्नै पर्यो । घर छेउछाउका बारीका कान्ल्ला रित्तै छन् तर बजारमा फूल किन्न आउँछन् मान्छे।
केही वर्षअघिसम्म गाउँका घर सयपत्री र मखमली फूलका मालाले ढकमक्क हुन्थे । झ्यालढोका सबैतिर सयपत्री फूलका माला बनाएर लगाउने चलन थियो तर त्यो अहिले एकादेशको कथाजस्तै भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us