गोकर्ण बैठकले दलहरुबीच दुरी कम गरेको छ : भट्टराई

काठमाण्डु टुडे २०७१ कार्तिक ५ गते १२:४७ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक – संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईले गोकर्ण रिर्सोटमा भएको आवासीय बैठकले विवादित विषयमा टुङगो नलागे पनि दलहरुबीचको दुरी कम गरेको बताएका छन् ।

baburamगोकर्ण रिसोर्ट बैठकपछि सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिदै भट्टराईले दलहरुमा एकअर्काको सरोकारबारे संवेदनशील बन्न सिकाएको उल्लेख गरेका छन् ।

उनले पहिलो चरणको वार्ताको जगमा टेकेर दोश्रो चरणको वार्ता कात्तिक ९ गते बस्ने र अब बस्ने बैठकले अन्तरबस्तुमा टुङगो लगाउने विश्वास व्यक्त गरेका छन् ।

सविधान निर्माण जस्तो महत्वपूर्ण विषयमा गोकर्ण रिर्सोटमा बसेर निर्णय गर्ने भन्ने प्रतिक्रिया हल्का भएको उनले प्रष्ट्याएका छन् ।

उनले फेसबुकमा लेखेका छन् – ‘ पहिलो चरणको २ दिने गोकर्ण बैठकले संविधानमा बाँकी रहेका ठुला विवादका विषयको टुंगो लगाउन नसके पनि ३ दलबीचको दुरीलाई कम गर्न र एकअर्काका सरोकारवारे संवेदनशील बन्न महत्वपूर्ण सफलता हासिल गरेको छ ।

यो पहिलो चरणको निर्णायक वार्ताले निर्माण गरेको जगमा उभिएर दोश्रो चरणको वार्ता तिहार लगत्तै कार्तिक ९ गतेबाट हुनेछ ।

संविधान निर्माण जस्ता ऐतिहासिक महत्वका वार्ताकालागि शान्त र सहज वातावरण आवश्यक पर्ने भएकाले प्रसिद्ध गोकर्ण रिसोर्टको प्रयोग गरिनुलाई अन्यथा ठान्नुहुन्न। दोश्रो विश्वयुद्ध समाप्त गर्ने वार्ता याल्टामा , इजरायल – इजिप्ट वीचको सम्झौतावार्ता क्याम्प डेभिडमा भएका ऐतिहासिक प्रसंगको स्मरण गर्नु उपयुक्त हुनेछ । ’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us