फेसबुकमा युवतीको नाङगो तस्वीर राखेर चरित्र हत्या गर्ने पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक ५ गते १२:१५ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक – फेसबुकबाट युवतीको नाङ्गो तस्वीर राखेर चरित्र हत्या गर्न खोज्ने काठमाण्डुका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

faceकाठमाण्डु रामकोट १ घर भएका विकासराज गिरीले नक्कली फेसबुक अकाउन्टबाट आफ्नै छिमेकी युवतीको अश्लिल फोटो तथा अश्लिल शब्दहरू राखेर चरित्र हत्याको प्रयास गरेका थिए।

विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा महिलाको चरित्र हत्या गरेको आरोपमा उनलाई पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

२९ वर्षे गिरीलाई महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले कात्तिक ४ गते पक्राउ गरि आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डु पठाएको जनाएको छ।

प्रहरीले घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us