कृषि क्षेत्रको विकास नहुनुमा कर्मचारीतन्त्र दोषी : मन्त्री पराजुली

काठमाण्डु टुडे २०७१ कार्तिक ५ गते ११:४३ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक – कृषिमन्त्री हरिप्रसाद पराजुलीले कृषि क्षेत्रको विकास नहुनुमा कर्मचारीतन्त्र दोषी रहेको बताएका छन् ।

hari parajuliकृषिलाई व्यवसायीकरण गर्दै आत्मनिर्भर बनाउन नीति निर्माण तहमा बसेका विज्ञ कर्मचारीहरुले कुनै ठोस कदम नचालेकाले कर्मचारीतन्त्र माथि मन्त्री पराजुलीले प्रश्न चिन्ह उठाएका हुन् ।

विश्व खाद्य दिवस २०१४ को अवसरमा बुधबार काठमाण्डुको काभ्रेस्थलीमा राष्ट्रिय कृषक महासंघ नेपाल काठमाण्डु र नेपाल कृषि पत्रकार प्रतिष्ठान लगायतका विभिन्न ११ वटा संघ संस्थाको सहयोगमा आयोजित कार्यक्रममा मन्त्री पराजुलीले यस्तो बताएका हुन्।

विद्यमान अवस्थालाई सुधार्दै कृषि क्षेत्रलाई आत्मनिर्भतातर्फ लैजाने जिम्मेवारी आफ्नो काँधमा आएको उनको भनाइ थियो ।

आफनो कार्यकालमा कृषिलाई माथि उकास्न नितिगत तहमै केही महत्वकाँक्षी योजनाहरु समावेश गरेको भन्दै बढी भन्दा बढी फाइदा लिन आम कृषकह्ररुलाई आग्रह गरे । मन्त्री पराजुलीले व्यवसायकि कृषिका लागि अनुदानदेखि सस्तो ब्याजदरमा ऋणादेखि यूवा महिला सम्मलाई लक्ष्ति गरि ल्याइएको योजनाले कृषि विकासका लागि पर्याप्त नभएपनि सहयोगी हुने उनको भनाई थियो ।

आयोजित कार्यक्रममा खाद्य अधिकारसँग सम्बन्धीत विभिन्न संघ सस्थाका अगुहरुले कृषिमा सरकारले ल्याउने निति साना किसानहरुको हितमा भन्दा पनि व्यवसायिकताको नाउँमा व्यापारिक प्रतिष्ठानलाई माथि उकास्ने निति भएको भन्दै विरोध जनाएका थिए । उनीहरुले साना किसानहरुको कुषिलाई आत्मनिर्भर नबनाएसम्म नेपालको गरिवी अन्त्य नहुने भनाई थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us