काठमाण्डु, ५ कात्तिक – आदिवासी जनजाति महासंघको नेतृत्वमा एक टोली गोकर्ण रिर्सोटमा बैठक बसिरहेका तीन दलका शीर्ष नेताहरुलाई घेर्न पुगेका छन् ।
आदिवासी जनजाति महासंघ अध्यक्ष नागेन्द्र कुमालको नेतृत्वमा केही जनजाति अगुवाले पहिचान सहितको संघीयता माग्दै सहमतिका लागि दबाब दिन धर्ना दिएका हुन् ।
अपरान्ह २ देखि ३ बजेसम्म एक घण्टा धर्ना दिन जनजाति महासंघका नेताहरु गोकर्ण पुगेको कुमालले बताए ।
पहिचान र सामथ्र्यका आधारसहित अघिल्लो संविधानसभाले सिफारिस गरेका १४ र आयोगले सिफारिस गरेका ११ प्रदेशको बीचमा सहमति खोज्न शीर्ष नेताहरुलाई दबाब दिने उनले बताए ।
उनले ११ प्रदेशभन्दा तलको सहमति मान्य नहुने र जातीय पहिचान सहितको संघीयता हुनुपर्ने बताए ।