विदेशबाट फर्किएर अर्कैसँग गएकी श्रीमती फिर्ता ल्याए मनोजले

काठमाण्डु टुडे २०७१ कार्तिक ४ गते १४:४७ मा प्रकाशित

महोत्तरी, ४ कात्तिक महोत्तरी लक्ष्मीनियाँका एक व्यक्तिले अर्कैसँग गएकी श्रीमती फिर्ता ल्याएका छन् ।

सर्लाही नेत्रगञ्जका मनोज पासवानले अर्कैसँग गएकी श्रीमती २५ वर्षीया सविता दुलाललाई महोत्तरीको लक्ष्मीनियाँबाट अपहरण शैलीमा फिर्ता ल्याएका हुन् । मनोज वैदेशिक रोजगारीमा गएका बेला सविताले ६ महिनाअघि लक्ष्मीनियाँका दिपक श्रेष्ठसँग दोश्रो विवाह गरेकी थिइन् ।

श्रीमती अर्कैसँग गएको खबर पाएपछि घर फर्किएका थिए । उनले बिहीबार लक्ष्मीनियाँ २ स्थित घरबाटै अपहरणशैलीमा मोटरसाइकलमा राखेर आफ्नो घर ल्याएका थिए । सविता अपहरणमा परेको भन्दै श्रेष्ठ परिवारले प्रहरीमा उजुरी दिएको थियो ।

उजुरीका आधारमा अनसन्धान गर्दा सवितालाई पूर्वपति मनोजले लगेको खुल्न आएको महोत्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सौरभ राणाले जानकारी दिए ।

उनका अनुसार साथीहरुसहित मोटरसाइकलमा गएका मनोजले घरनजिकै धारामा नुहाउन गएका बेला सवितालाई मोटरसाइकलमा राखेर लगेको राणाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us