४ किलो सुन र लाखौं विदेशी मुद्रासहित दुई पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक ४ गते १२:४० मा प्रकाशित

सिन्धुपाल्चोक, ४ कात्तिक – सीमा प्रहारी चौकी तातोपानीले मङगबार दिउसो ४ किलो सुन, ४० हजार ६ सय यूरो र २० लाख जापानी येनसहित दुई जनालाई पक्राउ गरेको छ ।

goldसीमा प्रहरीका अनुसार खासाको तिब्बतबाट राजधानी लैजान लागेको अवस्थामा दोलखाका २५ वर्षीय दावा स्यांवो शेर्पाबाट ४ किलो सुन बरामद गरिएको हो ।

शेर्पाले उक्त सुन शरिरको विभिन्न भागमा बाँधेर ल्याएका थिए । सुराकीको आधारमा प्रहरी पोष्टमा उक्त सुन बरामद गरिएको हो । शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी बा३ख १०४२ नम्बरको यात्रु बसमा राजधानीबाट तातोपानी जान लागेको अवस्थामा बाह्रविसे – १ का ४२ वर्षीय भूपेन्द्र बस्नेतबाट उक्त रकम बरामद भएको हो ।

प्रहरी निरीक्षक केशबकुमार शाहका अनुसार बस्नेतले उक्त रकम शरिरको विभिन्न भागमा लुकाएर ल्याएका थिए । चालकसहित वसलाई पनि नियन्त्रणमा लिएर थप छानविन भइरहेको छ ।

सीमाको वोक्चेन प्रहरी चौकीले हिजो १३ किलो सुन बरामद गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us