रिसोर्टमा बसेर छलफल गर्नु संविधानसभाको घोर अपमान : थापा

काठमाण्डु टुडे २०७१ कार्तिक ४ गते १२:०५ मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक – राप्रपा नेपाल अध्यक्ष कमल थापाले तीन दलका नेताहरु रिसोर्टमा बसेर छलफल गर्नु संविधानसभाकै घोर अपमान भएको प्रतिक्रिया दिएका छन् ।

Kamal-Thapa-Raprapa-Nepalमंगलबार संविधानसभाको बैठक चलिरहेका बेला तीन दलका शीर्षनेताहरु रिसोर्टमा गरिरहेको छलफलविरुद्ध अध्यक्ष थापाले आक्रोश पोखेका हुन् ।

राप्रपा नेपालका नेताहरु मंगलबार संविधानसभाको बैठक सकेर राजधानीको बसन्तपुरमा आयोजित जनसभामा सहभागी भएका थिए ।

जनसभालाई सम्बोधन गर्दै तीनदलको कडा आलोचना गरेका अध्यक्ष थापाले ट्विट गर्दै भने-  ‘गंभीर बिषयमा छलफलका लागि संबिधानसभाको बैठक बसिरहेका बेला तीन दलीय सिण्डिकेट भने संबिधानबारे छलफल गर्न रिसोर्ट जानु संबिधानसभाको घोर अपमान हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us