चारतले घरबाट खसेर मृत्यु

काठमाण्डु टुडे २०७१ कार्तिक ४ गते ११:२१ मा प्रकाशित

भक्तपुर, ४ कात्तिक – भक्तपुरमा चारतले घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

बालकोट–२ स्थित आफ्नै छोरीको घरमा बस्दै आएका झापा शिवगंज घर भएका ७८ बर्षीय पूर्णबहादुर उप्रेतीको ४ तला माथिबाट खसेर मृत्यु भएको हो ।

सोमबार छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि नागरिक अस्पताल गठ्ठाघर लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us