संविधान जारी नगरे काग भेला पारेर संविधानसभा भवन घेर्ने चेतावनी

काठमाण्डु टुडे २०७१ कार्तिक ४ गते १०:२९ मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक – काग तिहारको अवसरमा मंगलबार राजधानीको शान्ति वाटिकामा कलाकार रमेश दुलालले काग सम्मेलन गरि माघ ८ गते संविधान जारी नगरे काठमाण्डुमा भएका सबै काग भेला गरि संविधानसभा भवन घेर्ने चेतावनी दिएका छन् ।

kag sammelanदुलालले कागको आवाज निकाले र कागहरुलाई बोलाउादा सयौं कागहरु कराउदै उनको वरिपरी आकाशमा घुमेका थिए । उनले काग खुशी हुादा, आपत परेको बेला र झगडा परेको बेला निकाल्ने आवाजले कागलाई आकर्षण गरेका थिए ।

दुलालले संविधान निर्माण गर्न पनि दबाब पुगोस भन्ने उद्देश्यले काग सम्मेलन गरेको प्रष्ट पार्दै भने–‘‘मैले हरेक वर्ष काग तिहारको दिन काग सम्मेलन गर्दै आएको छु । यो सम्मेलनले नेपालमा शान्ति, सुव्यस्था तथा अमनचयन हुन मद्यत पुग्नेछ । ’’

उनले दलहरुले तोकिएकै मिति माघ ८ गते संविधान जारी नगरे उपत्यकाका सम्पूर्ण काग भेला गरि संविधानसभा भवन, राष्ट्रपती भवन , सिंहदरवार र शीर्ष नेताहरुको घर घेर्ने समेत चेतावनी दिएका छन् ।

उनले विभिन्न चराचुरुङगी र जनावरको आवाज निकाल्ने गर्छन् । चराचुरुङगी र जनावरको आवाज निकालेर मनोरञ्जन गराएबापत उनले विभिन्न पुरस्कार प्राप्त गरिसकेका छन् । दुलालको यो ११ औं काग सम्मेलन हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us